काठमाडौं–यू–१९ क्रिकेट टोलीका कप्तानसमेत रहेका हेमन्त धामी एनपीएल सिजन २ का लागि सुदूरपश्चिम रोयल्समा आवद्ध भएका छन् ।
पहिलो सिजनमा जनकपुर बोल्ट्सबाट खेलेका उनलाई यसपटक सुदूरपश्चिमले अधिकतम १० लाखमा खरिद गरेको हो ।
लुम्बिनी, जनकपुर, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले ड्र मा भाग लिँदा उनलाई लक्की ड्र मार्फत् घरेलु टोली सुदूरपश्मिमले पाएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।