काठमाडौं– संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिले टियु क्रिकेट मैदानको अनुमगन गरेको छ ।
सोमबार समितिका सदस्यहरुले स्थलगत रुपमा निर्माणाधीन टियु क्रिकेट मैदानको स्थलगत निरिक्षण गरेका हुन् । सो क्रममा टियु क्रिकेट मैदानको स्तरोन्नतिको काम सन्तोषजनक देखिएको समिति सभापति ठाकुर गैरेले बताए ।
साउन महिनाभरीमा निर्धारित गरिएका कामहरु सकिने गरि काम अघि बढेको पाइएको उनको भनाइ छ । समिति सभापति गैरेले टियु क्रिकेट मैदानको स्तरोन्नतीका क्रममा देखिएका समस्याका बारेमा समितिमा छलफल गर्ने र सरकारलाई आवश्यक निर्देशन दिने जानकारी दिए ।
उनले टियु क्रिकेट मैदानको बाँकी काम सहज रुपमा सम्पन्न गर्न समितिले समेत आवश्यक सहजीकरण गर्ने धारणा राखे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।