एजेन्सी – सुरुवातको तीन विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटिसी) फाइनलको सफल आयोजना पछि इङ्ग्ल्याण्डलाई आगामी ३ संस्करणको फाइनल आयोजकको रुपमा चयन गरिएको छ।
यो निर्णयलाई यस हप्ता सिंगापुरमा भएको आइसिसीको वार्षिक सम्मेलनले अनुमोदन गरेको हो।
गत महिना तेस्रो संस्करणको फाइनलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियामाथि ५ विकेटको जित हासिल गरेको थियो।
हामी पूर्ण रूपमा खुसी छौं कि इङ्ग्ल्याण्ड र वेल्सलाई अर्को ३ वटा आईसीसी डब्लुटिसीको फाइनल आयोजना गर्न छनोट गरिएको छ। यो यस देशका प्रशंसकहरुले खेलको यो बहुमूल्य ढाँचाप्रति राखेको जोश र यी खेलहरुको लागि यहाँ यात्रा गर्न विश्वभरका समर्थकहरुको तत्परताको प्रमाण हो। यस फाइनलहको आयोजना गर्नु एक विशेषाधिकार हो, र हामी अघिल्ला संस्करणहरुको सफलतालाई अगाडि बढाउन आईसिसीसँग काम गर्न तत्पर छौं, इसिबीका प्रमुख कार्यकारी रिचर्ड गोल्डले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।