काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० आई सिरिजको दोस्रो खेलमा आक्रामक सुरुवात गरेको छ ।
टस जित्दै पहिले फिल्डिङ रोजेको नेपालले पहिलो पावर प्लेमै स्कटल्यान्डलाई दबाबमा राखेको छ । पहिलो पावरको ६ ओभर सकिँदासम्म स्कटल्यान्डले पाँच विकेट गुमाइसकेको छ ।
नेपालका लागि करण केसीले दुई, दीपेन्द्र सिंह ऐरी र ललित राजवंशीले एक/एक विकेट दिलाएका छन् । यस्तै एक विकेट रनआउटबाट प्राप्त भएको छ ।
टी–२० आईमा नेपालको यो सबैभन्दा दबाबमुलक प्रदर्शन हो । यस्तै नेपालका पेस बलर करण केसीले टी-२०आई क्रिकेटमा १०० विकेट पूरा गरेका छन् । स्कटल्याण्डमा भइरहेको त्रिदेशीय टी-२०आई शृंखलाअन्तर्गत आज भइरहेको स्कटल्याण्डसँगको खेलमा विकेट लिँदै उनले कोशेढुंगा पार गरेका हुन् ।
उनले स्कटल्याण्डका विस्फोटक ओपनर जर्ज मुन्सेको विकेट लिए । लगत्तै उनले एक अर्को विकेट लिएर १०१ विकेट पूरा गरेका छन् । टी-२०आईमा १०० भन्दा बढी विकेट हालसम्म सन्दीप लामिछानेको नाममा मात्र थियो । उनको १११ विकेट छ ।
अब करण पनि १०० विकेटको क्लबमा जोडिएका छन् । करणको उत्कृष्ट बलिङ प्रदर्शन ५-२१ छ जुन् पीएनजीविरुद्ध सन् २०२२ मा कीर्तिपुरमा गरेको प्रदर्शन हो ।
करणभन्दा पछाडि सोमपाल कामीको ७५ तथा अविनाश बोहराको ७४ विकेट छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।