काठमाडौं –आइसिसी विश्वकप लिग–२ मा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दै छ । स्कटल्याण्ड, नेदरल्याण्ड्स र नेपाल सम्मिलित लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज आफ्नो दोस्रो खेल नेदरल्याण्ड्ससँग खेल्न लागेको हो ।
स्कटल्याण्डको फोर्टहिल डुन्डीमा खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ मा सुरु हुनेछ । नेपालले सिरिजको पहिलो खेलमा स्कटल्याण्डविरूद्ध रोमाञ्चक जित निकालेको थियो । करण केसी नायक बनेको उक्त खेलमा नेपालले एक विकेटको जित निकालेको थियो । नेदरल्याण्ड्सविरूद्धको पछिल्लो पाँच खेलमा नेपालले दुई जित र तीन हार ब्यहोरेको छ ।
स्कटल्याण्डलाई हराएसँगै नेपाल ८ अंक बनाउँदै अंक तालिकामा पुछारबाट एक स्थान माथि उक्लिएको छ । युएईको ६ अंक छ । २० खेल खेलिसकेको अमेरिका २८ अंक जोडेर शीर्षस्थानमा छ । २६ अंक जोडेको नेदरल्याण्ड्स दोस्रो र ओमान २४ अंकसहित तेस्रो स्थानमा छ । चौथो स्थानको स्कटल्याण्डले २० अंक जोडेको छ । समान अंकसहित क्यानडा पाँचौं स्थानमा छ । नामिबिया १४ अंकका साथ छैटौं स्थानमा छ ।
लिग–२ मा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक सिरिज खेलेपछि यिनै टोलीसँग टी–२० सिरिज खेल्ने कार्यतालिका रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।