काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ६५औं खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) प्लेअफबाट बाहिरिइसकेको सनराइजर्स हैदराबाद संग ४२ रनले पराजित भएको छ ।
लखनऊको इकाना स्टेडियममा आरसीबीले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको थियो । हैदराबादले २० ओभरमा ६ विकेट गुमाउँदै २३१ रन बनायो ।
जवाफी पारीमा बेंगलुरुको टोली १९.५ ओभरमा १८९ रनमा अलआउट भयो । बेंगलुरुका लागि फिल सल्टले ६२ र विराट कोहलीले ४३ रन बनाए ।
हैदराबादका कप्तान प्याट कमिन्सले ३ विकेट लिए भने हर्षल पटेल र ईशान मलिंगा दुवैले २–२ विकेट लिए । हैदराबादका तर्फबाट ईशान किशनले ४८ बलमा अविजित ९४ रनको विस्फोटक पारी खेले ।
उनले ७ चौका र ५ छक्का प्रहार गरे । किशनबाहेक अभिषेक शर्माले ३४, अनिकेत वर्माले २६ र हेनरिक क्लासनले २४ रन बनाए । रोमारियो शेफर्डले २ विकेट लिएका थिए । आईपीएलमा आज पन्जाब किङ्स र दिल्ली क्यापिटल खेल्दैछन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।