काठमाडौं –आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत सुपर थ्रीको अन्तिम खेलमा थाइल्यान्डले नेपाललाई १ सय ५९ रनको लक्ष्य दिएको छ । टेर्डथाई क्रिकेट मैदानमा टस हारेको थाइल्याण्डले २ विकेट गुमाएर नेपाललाई १५९ रनको लक्ष्य प्रस्तुत गरेको हो ।
नेपालका राजमति ऐरी र मनिषा उपाध्यायले एक एक विकेट लिए । नेपालले बलियो टोली थाइल्याण्डलाई आजसम्म हराउन सकेको छैन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।