काठमाडौं –पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेट मे १७ देखि पुनः सुचारु हुने भएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले पीएसएल क्रिकेट मे १७ देखि फेरि शुरू हुने जानकारी दिएको हो ।
भारत–पाकिस्तान सीमा क्षेत्रमा तनाव बढेपछि पीसीबीले पीएसएलका खेलहरू स्थगित गरेको थियो । यसअघि पीसीबीले पीएसएलका बाँकी आठ खेल यूएईमा लगेर खेलाउने योजना बनाएको थियो । तर, यूएईले यसमा सहमति नजनाएपछि पीएसएल अनिश्चितकालका लागि स्थगित भएको थियो ।
पीसीबीका अध्यक्ष मोहसिन नाक्भीले मंगलबार एक्समा एक पोष्ट गर्दै मे १७ देखि पीएसएल फेरि शुरू हुने र मे २५ मा फाइनल हुने जानकारी गराएका छन् ।
पीएसएलमा अब लिग चरणका ४ र प्लेअफ चरणका ४ खेल बाँकी छ । लिग चरणका बाँकी खेल रावलपिण्डी र प्लेअफसहित फाइनल खेल लाहोरमा हुनेछ । यसअघि भारत–पाकिस्तान तनाव बढेपछि स्थगित आइपीएलमा पनि मे १७ देखि नै शुरू हुँदैछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।