काठमाडौं – आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज हङकङसँग समूह चरणको तेस्रो खेल खेल्दैछ । टेर्डथाई क्रिकेट मैदान, बैंककमा हुने यो खेल नेपाली समयअनुसार दिउँसो १२ः३० बजे सुरु हुनेछ ।
दुवै टोलीका लागि यो खेल निर्णायक बन्ने संकेत देखिएको छ । नेपालले यो खेल जितेमा सुपर ३ चरणमा स्थान सुरक्षित गर्नेछ । हार भएमा भने नेपालका लागि विश्वकप छनोटको यात्रा लगभग समाप्त हुने सम्भावना छ । त्यसैले नेपाली टोलीका लागि यो ‘डु–ओर–डाइ’ स्थिति भएको छ ।
नेपाल र हङकङबीचको प्रतिस्पर्धा अघिल्लो केही वर्षयता निकै प्रतिस्पर्धात्मक रहँदै आएको छ । हालसम्म भएको ९ भेटमा नेपालले ५ खेल जितेको छ भने ४ खेलमा हङकङ विजयी भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।