विराटनगर – विभागीय टोली नेपाल पुलिस विराटनगरमा जारी मनमोहन स्मृति एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
पाहुना टोली आसामलाई आजको खेलमा हराउँदै फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो।
विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बिहीबार भएको समूह वि को अन्तिम लिग खेलमा पुलिसले पाहुना टोली भारतको आसाम क्रिकेट क्वललाई ६ विकेटले पराजित गर्यो।
समूहको वी मा रहेका आसाम र घरेलु टाली कोशी प्रदेश थिए। सबैले २ खेलमा १ मा जित र १ खेलमा पराजित हुँदै समान २–२ अंक जोडे पनि नेट रन रेटको आधारमा पुलिस फाइनलमा प्रवेश गरेको हो।
पहिला व्याटिंग गरेको पाहुना टोली आसामले १ सय ५५ रनको चुनौती थियो। पुलिसले २६ दशमलव १ बलमा ४ विकेट गुमाई जित हात पारेको हो।
आसामले निर्धारित ५० ओभरको खेलमा ४२ दशमलव २ बलमा १ सय ५४ रनको स्कोर बनाएको थियो। आसामका राज विश्वाले ३३ रन बनाउँदा अरुण सोनारले ३१ रन, केभिन सन्जिव क्रिस्टोफरले २३ रन, हियेनकस्यपले १९ रन र कप्तान गोकुल शर्माले १० रनको योगदान दिए। पुलिसका श्रवण यादवले ३ विकेट लिँदा अरुण ऐरीले पनि ३ विकेट लिए।
जवाफमा १ सय ५५ रनको लक्ष्य पाएको पुलिसले २६ दशमलव १ बलमा ४ विकेट गुमाएर लक्ष्य पार गरेका छ। पुलिसको जितमा प्लेयर अफ द म्याच कप्तान अमित श्रेष्ठले ७२ बलमा ३ छक्का र ५ चौका प्रहार गर्दै अविजित ७१ रन योगदान दिए। यस्तै शंकर रानाले अविजित ६३ रनको पारी खेले।
बिहिबार सम्पन्न प्रतियोगिताको समुह चरणको अन्तिम खेलमा पुलिसले भारतको आसाम क्रिकेट क्लब टिमलाई पराजित गर्दै फाइनलमा अर्को विभागीय टोलि त्रिभुवन आर्मी क्लबसंगको भेट पक्का गरेको हो। पुलिस समुह 'बि' को विजेता बन्दा आसाम र कोशी प्रदेश भने बाहिरिएका छन्। समुह 'ए' को विजेताको रुपमा आर्मी यस अघिनै फाइनल प्रवेश गरिसकेको छ।
उपाधिको लागि शनिवार त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब बीच प्रतिस्पर्धा हुनेछ। खेल विहान ९ बजे सुरु हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।