काठमाडौं । आईसीसी यू–१९ विश्वकपको एसिया छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले हङकङविरुद्ध पहिला बलिङ गर्दैछ ।
मुलपानी क्रिकेट मैदान हङकङविरुद्ध नेपालका कप्तान नरेन भट्टले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपालले यसअघि भएका दुवै खेलमा जित निकालेको छ भने आजको खेलका हङकङलाई हराउँदै लगातार तेस्रो जितको खोजिमा हुनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।