काठमाडौँ –हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजमा आज नेपालले फाइनल खेल कुबेत सँग खेल्दैछ । शनिबार आयोजक राष्ट्र हङकङविरूद्ध लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल रन रेटका आधारमा फाइनल पुगेको हो ।
आज नेपालले यसअघि पराजित गरेको टिम कुवेतसँग फाइनल खेल खेल्नेछ । हिजो खेलमा ९ ओभरमा हङकङले ३ विकेट गुमाएर ६८ रन बनाएको थियो । त्यसपछि वर्षाका कारण खेल रोकिँदै रद्द भए पछि नेपाल स्वतः फाइनलमा पुगेको हो ।
लिग चरणमा अपराजित नेपालले सुरुवाती दुई खेलमा कतार र कुवेतलाई हराउँदै र लिगको अन्तिम खेलमा हङकङ विरुद्धको बर्षाका कारण रद्द भए पनि तीन खेलबाट ५ अङ्क जोड्दै अंकतालिकाको शीर्ष स्थानमा रहेको छ ।
यता, हिजो कतारलाई पराजित गरेको कुवेतले पनि फाइनलमा स्थान पक्का गरेर नेपालसँग भिडन आएको हो । समूह चरणमा नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको थियो । त्यसअघि कतारलाई ८ विकेटले पराजित गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।