काठमाडौं – संघीय संसद अन्तर्गत विभिन्न तीन वटा समितिको बैठक आज बस्दैछन् । अर्थ, कानून, न्याय तथा मानवअधिकार र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्न लागेको हो ।
बिहान १० बजे बस्ने कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने मानिसहरुको मानव अधिकारको अवस्था सम्बन्धमा स्थलगत अनुगमनबारे छलफल गर्ने कार्यसूची छ ।
बिहान ११ बजेका लागि बोलाइएको अर्थ समितिको बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे अर्थ मन्त्रालयसँग छलफल हुनेछ ।
महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । बैठकमा मुस्लिम आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदनबारे छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।