काठमाडौं – विश्वकप लिग टु अन्तर्गत जुनमा स्कटल्याण्डमा हुने त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रारम्भिक छनोटमा ४८ खेलाडीलाई समावेश गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतवार टोली छनोट प्रारम्भिक टोलीको घोषणा गरेको हो । क्यानका अनुसार छनोट भएका ४८ खेलाडीलाई नेपाल निलो, नेपाल रातो, नेपाल हरियो र नेपाल पहेँलो गरी ४ समूहमा विभाजन गरी तयारी खेलहरु संचालन गरिने छ ।
आगामी जुनमा नेपालले स्कटल्याण्डमा घरेलु टोली र नेदरल्याण्ड्ससँग लिग टु को चौथो सिरिज खेल्नेछ । नवनियुक्त प्रमुख प्रशिक्षक स्टुअर्ट लको प्रत्यक्ष निगरानीमा तयारी खेलहरू सञ्चालन गरिने क्यानले जनाएको छ । छनोटका खेलहरु आगामी साता हुने हङकङ सिरिज पश्चात हुनेछ । मुख्यतः लुम्बिनी प्रदेशमा शनिवार सकिएको प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय प्रतियोगिताको प्रर्दशनका आधारमा धेरै खेलाडीहरु छनोटमा परेका छन् ।
यी हुन छनोटमा परेका खेलाडीहरुः

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।