काठमाडौँ –इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा आइतबार दुई खेल हुँदैछन् । पहिलो खेलमा दिउँसो पौने ४ बजे दिल्ली क्यापिटल्स र सनराईजर्स हैदरावाद तथा दोस्रो खेलमा बेलुका पौने ८ बजे राजस्थान रोयल्स र चेन्नई सुपर किङ्गसबीच हुनेछ ।
गएराति भएको खेलमा गुजरात टाइटन्सले पहिलो जित निकालेको छ । अहमदावादमा भएको खेलमा गुजरातले मुम्बई इन्डियन्सलाई ३६ रनले हराएको थियो ।
प्रतियोगितामा हैदरावादले एक खेलमा जित र एक खेलमा पराजित भएको छ । दिल्लीले भने एक खेल खेलेकोमा विजयी भएको थियो । राजस्थान दुबै खेलमा पराजित छ । भने चन्नईले एक खेलमा जित र एकमा पराजित भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।