काठमाडौँ –इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर बंग्लोरु (आरसिबी)ले लगातार दोस्रो जित निकालेको छ । आरसिबीले शुक्रबार भएको खेलमा चेन्नाई सुपर किङलाई ५० रनले हराएको छ ।
१९७ रनको लक्ष्य पछ्याएको चेन्नाई ८ विकेट गुमाउँदै १४६ रनमा सीमित भयो । चेन्नाईका रचिन रविन्द्रले ३१ बलमा ४१ रन जोड्नु बाहेक शीर्ष क्रममा ५ ब्याट्सम्यान शून्यमा आउट भए ।
नवौँ क्रममा ब्याटिङ गरेका महेन्द्र सिंह धोनीले १६ बलमा ३० रन जोडे । रवीन्द्र जडेजाले २५ रन जोडे । चेन्नाईमा जोस हजेलउडले चार ओभरमा २१ रन खर्चेर तीन विकेट लिए । यसैगरी यस दयाल र लियाम लिभिङस्टोनले दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आरसिबीले सात विकेटको क्षतिमा १९६ रन बनाएको थियो । उसका लागि कप्तान रजत पाटीदरले ३२ बलमा ५१ रन जोडे । उनको पारीमा चार चौका र तीन छक्का समावेश थियो । पाटिदर खेलको म्यान अफ द म्याच बने ।
फिल साल्टले १६ बलमा ३२ रन जोडे भने विराट कोहलीले धिमा गतिमा रन बटुल्ने क्रममा ३० बलमा ३१ रन बनाए । टिक डेभिडले ८ बलमा २२ रन जोडे । उनले २० औँ ओभरमा साम कुरानलाई लगातार तीन छक्का प्रहार गरे । यसअघिको खेलमा छाएका नुर अहमदले दोस्रो खेलमा ३६ रन खर्चेर तीन विकेट लिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।