काठमाडौँ – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंगलुरु भिड्दै छन् । यी दुई टिमबीचको खेल राति ७ः४५ देखि चेन्नईस्थित एम चिदम्बरम स्टेडियममा सुरु हुनेछ ।
जारी सिजनमा चेन्नई र बेंगलुरु दुवै लगातार दोस्रो जितको खोजीमा छ । बेंगलुरुले पहिलो खेलमा कोलकाता नाइट राइडर्सविरुद्ध ७ विकेटको सानदार जित निकालेको थियो ।
यस्तै, चेन्नईले मुम्बई इण्डियन्सलाई चार विकेटले हराउँदै विजयी सुरुवात गरेको थियो । हालसम्म चेन्नई र बेंगलुरुले ३३ खेलमा एकअर्काको सामना गरेका छन्, जसमा चेन्नईले २१ र बेंगलुरुले ११ खेल जितेको छ । यी दुई टिमबीचको एउटा खेल भने नतिजाविहीन बनेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।