काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेस सभा सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहीबार एउटै मञ्चमा देखिएका छन् ।
सङ्क्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरुको सत्य, न्याय र परिपूरणीय अधिकार सम्बन्धी’ राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा उनीहरू एउटै मञ्चमा सहभागि भएका हुन् । उनीहरुले कार्यक्रमलाई समेत संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशबाट कुलमान घिसिङलाई हटाएको विषयमा सत्ता पक्ष र विपक्षबीच तिक्तता बढिरहेका बेला उनीहरू एउटै मञ्चमा देखिएका छन् । उक्त कार्यक्रममा प्रधानमन्त्री ओली सहित सभापति देउवा र अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।