काठमाडौँ– जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतम पक्राउ परेका छन्।
प्रहरी वृत्त, बानेश्वरले बैँकिङ कसुरको आरोपमा गौतमलाई पक्राउ गरेको वृत्त प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए।
प्रहरीका अनुसार गौतमविरुद्ध बैंकिङ कसुरसम्बन्धी तीन वटा जाहेरी परेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराका अनुसार हाल उनलाई ७ लाख रुपैयाँको बैंकिङ कसुर मुद्दामा पक्राउ गरिएको हो।
गौतमनिकट स्रोतले भने अदालतबाट फैसला भएर आएको कतिपय घटनामा पहिल्यै मिलापत्र भइसकेका र रुजु भएर आउन बाँकी रहेका कारण समस्या देखिएको जनाएको छ। ‘मिलापत्र भइसकेका घटनाहरु हुन्, त्यसको पत्र आउन बाँकी छन्’, स्रोतले भन्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।