काठमाडौँ –इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्स (केकेआर) भिड्दै छन् । खेल नेपाली समय अनुसार साँझ ७ बजेर ४५ मिनेटमा गुवाहाटीमा सुरु हुने छ ।
कोलकाता उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीवी) सँग पराजित हुँदा राजस्थान पनि आफ्नो पहिलो खेलमा सनराइजर्स हैदराबादसँग हारेको थियो ।
१८ औँ संस्करणको आईपीएल क्रिकेटमा हिजो भएको खेलमा गुजरात टाइटन्सलाई ११ रनले पराजित गर्दै पञ्जाब किङ्ग्सले विजयी सुरुआत गरेको छ । कुल १० टोलीको सहभागिता रहने प्रतियोगितामा फाइनलसहित ७४ खेल हुने छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।