काठमाडौं–नेपाली युवा टोलीले भारतको दिल्ली यू-१९ टोलीलाई पराजित गरेको छ।
आइसिसी यू–१९ विश्वकप छनोटको तयारीमा रहेको नेपाली टोलीले अभ्यास खेलमा दिल्ली यू–१९ टोलीलाई ५ विकेटले पराजित गरेको हो।
वीरगञ्जमा दिल्लीले दिएको ९६ रनको लक्ष्य नेपालले ३१ ओभरमा ५ विकेटको गुमाएर पूरा गर्यो।
नेपालका लागि अमर मिश्रले सर्वाधिक २७ रन बनाए। रोशन विक २५, कप्तान नरेन भट्टले १८ र सिब्रिन श्रेष्ठले १७ रनको योगदान दिए।
त्यसअघि पहिला ब्याटिङ गरको दिल्ली २३ ओभर २ बलमा ९५ रनमा समेटिएको थियो। दिल्लीका साथक पालले सर्वाधिक २९ रन बनाएका थिए।
बलिङमा नेपालका सिब्रिन श्रेष्ठ र अपराजित पौडेलले ३–३, विपिनप्रसाद शर्मा र अशोक धामीले २–२ विकेट लिएका थिए। विश्वकप छनोटको तयारीमा रहेको नेपालीले दिल्लीसँग ३ खेल खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।