काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज दिल्ली क्यापिटल्स र लखनऊ सुपरजायन्ट्सबीच खेल हुदै छ । दिल्लीको दोस्रो घरेलु मैदान डा. वाईएस राजशेखर रेड्डी क्रिकेट स्टेडियम, विशाखापट्टनममा हुने यो खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे खेलिनेछ ।
यस खेलमा दुई टोलीका पूर्व कप्तानहरू आफ्नै पुराना टोलीहरू विरुद्ध प्रतिस्पर्धा गर्न सक्छन् । गत वर्ष ऋषभ पन्त दिल्लीका कप्तान थिए भने केएल राहुल लखनऊका कप्तान थिए । पन्तलाई मेगा अक्सनमा लखनऊले २७ करोड रुपैयाँमा किनेको थियो, जसले गर्दा उनी इतिहासकै सबैभन्दा महँगो खेलाडी बने । जबकि, दिल्लीले राहुललाई १४ करोड रुपैयाँमा टोलीमा समावेश गरेको थियो ।
लखनऊ सुपर जायन्ट्स र दिल्ली क्यापिटल्सबीच आइपीएलमा अहिलेसम्म ५ खेल भइसकेका छन् । जसमा लखनउले ३ र दिल्लीले २ खेल जितेकोछ । दिल्लीका मिचेल स्टार्क, मुकेश कुमार, एन नटराजन, मोहित शर्मा, कुलदीप यादव र अक्षर पटेल जस्ता उत्कृष्ट बलर रहेका छन् । त्यस्तै निकोलस पूरन, डेभिड मिलर, ऋषभ पन्त जस्ता ब्याट्सम्यानले लखनउलाई बलियो टिम बनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।