काठमाडौं – सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ।
हैदरावादको राजीव गांधी स्टेडियममा आज सनराइजर्सले राजस्थान रोयल्स लाई ४४ रनले पराजित गरेको हो।
२ सय ८७ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेक गुमाएर २ सय ४२ रन बनायो ।टोलीका लागि ध्रुव जुरेल र सन्जु साम्सनले अर्धशतक बनाए ।
जुरेलले ३५ बलमा ५ चौका र ६ छक्काको साथमा सर्वाधिक ७० रन जोडे। साम्सनले ३७ बलमा ७ चौका र ४ छक्कासहित ६६ रन बनाए।
सिमरोन हिटमेयर ४२, शुभम दुबेले ३४, नितिश राणाले ११ रन बनाए भने अन्य ब्याटर भने चल्न सकेनन् ।
हैदरवादका सिमरहित सिंह र हर्षल पटेलले समान २ , मोहम्मद सामी र एडन जाम्पाले समान १ विकेट लिए।
यस अघि इशान किसनको आक्रमक शतकीय इनिङसँगै हैदरावादले ६ विकेटको नोक्सानीमा २ सय ८६ रन बनाएका थिए।
४५ बलमा शतक पूरा गरेका किसनले ४७ बलमा ११ चौका र ६ छक्का प्रहार गरेका थिए । ओपनर ट्राभिस हेडले पनि आक्रमक खेल्दै अर्धशतक बनाए । हेडले ३१ बलमा ९ चौका र ३ छक्कासहित ६७ रन बनाएका थिए।
अर्को ओपनर अभिषेक शर्माले २४, नितिशकुमार रेड्डीले ३० , हेन्रिच क्लासनले ३४ रन बनाएका थिए। राजस्थानका तुषार देश पाण्डेले ३ , महेश थिकसनाले २ र सन्दीप शर्माले १ विकेट लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।