काठमाडौँ–नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले ठुला भनिएका दलका नेताबाट देशको समस्या समाधान नहुने बताएका छन्।
बुधबार काठमाडौँको माइतीघरमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा जनदबाब कार्यक्रमको आयोजना गर्दै भट्टराईले यस्तो बताएका हुन्।
उनले संविधान जारी भएको ९ वर्षमा ११ वटा सरकार परिवर्तन भएर पालैपालो सरकारको नेतृत्व गरेको जनताले देखिसकेको भन्दै ठुला भनिएका दलका नेताबाट देशको समस्या समाधान नहुने बताएका हुन्।
सरकारमा रहेका बेला सबै ठिक र सरकारबाट बाहिरिएको भोलीपल्ट सबै बेठीक भनेर गफ दिनेहरूबाट देश र जनताको भलो हुन नसक्ने उनले बताए।
त्यस्तै उनले अहिलेको प्रणालीले मुलुकलाई निकास दिन नसक्ने भएकाले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक संसदीय व्यवस्था कायम हुनुपर्ने धारणा राखे।
भट्टराईले देशको समस्या राजतन्त्र ल्याएर समाधान हुन्छ भन्ने कुरामा सत्यता नरहेको बताउदै जनताले हटाएको राजसंस्थालाई कुनै महत्त्व दिन आवश्यक नरहेको उल्लेख गर्दै राजतन्त्र आउन कुनै सम्भावना समेत नरहेको जिकिर गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।