काठमाडौं–त्रिभुवन विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा नेविसंघका अनोज कार्कीको उम्मेदवारी बिहीबारसम्म कायम राख्न उच्च अदालत पाटनले आदेश दिएको छ।
७ चैतमा पेसी तोकिएकाले त्यस अवधिसम्म उम्मेदवारी कायम राख्न निर्वाचन समितिलाई उच्च अदालत पाटनले आदेश दिएको हो।
निर्वाचन समितिले त्यसदिन कार्कीको उम्मेदवारी खारेज गरेर संघका अर्का उम्मेदवार दीपकराज जोशीलाई मान्यता दिएको थियो।
अदालतले उक्त निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो।
स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी संघको तर्फबाट अध्यक्षमा दुई जनाको उम्मेदवारी परेपछि निर्वाचन समितिले कार्कीको रद्द गरेको थियो।
संघको तर्फबाट दुई उम्मेदवार बनेपछि निर्वाचन समितिले कार्कीको रद्द गरेर जोशीलाई आधिकारिक भएको निर्णय गरेपछि कार्कीले उच्च अदालत पाटनमा मंगलबार रिट दायर गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।