काठमाडौं– सातजना सीडीओसहित गृहमन्त्रालयले १३ जनाको सरुवा गरेको छ।
गृहमन्त्री रमेश लेखकले बुधबार निर्णय गरेको सरुवाको सूचीमा सहसचिव र उपसचिव छन्।
कपिलवस्तुका सीडीओ शिवप्रसाद अधिकारी, सुर्खेतका शंकरहरि आचार्य, नवलपरासीपूर्वका अरुण पोखरेल, बागलुङका नेत्रप्रसाद सुवेदी, अछामका शिवप्रसाद लम्साल र पर्वतका केदारनाथ शर्माको गृह मन्त्रालयमा सरुवा भएको छ।
यस्तै मन्त्रालयमा ‘बरण्डा’ मा रहेका सहसचिव दिलकुमार तामाङ कपिलवस्तु, जगदिश्वर उपाध्याय सुर्खेत, भविश्वर पाण्डे नवलपरासी पूर्व, कुमानसिंह गुरुङ बागलुङ, प्रेमप्रसाद लुइँटेल उदयपुर, आनन्द सारुलाई अछामको सीडीओको जिम्मेवारी दिएर पठाइएको छ।
सीडीओको जिम्मेवारी पाउने अधिकांश सहसचिव भर्खरै बढुवा भएकाहरू हुन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।