काठमाडौं–मन्त्रिपरिषद् बैठक सुरु भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेरअघि मन्त्रिपरिषद् बैठक सुरू भएको हो।
आजको बैठक नियमित हो।
आजको बैठकमा मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुनेछ भने नेपाल प्रहरीमा आजबाट रिक्त हुन लागेको प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्ति गर्ने सम्भावना रहेको छ।
नेपाल प्रहरीका आइजिपी वसन्तबहादुर कुँवर आजदेखि अवकाशमा जाँदैछन्। आइजिपी कुँवर अवकाशमा जाने भएपछि आज बस्ने मन्त्रिपरिषद् बैठकले नयाँ आइजिपी नियुक्त गर्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।