जनकपुरधाम– धनुषाको सबैला नगरपालिका-९ भठिहनमा चोकको नाम विषयलाई लिएर दुई पक्षबीच झडप भएको छ।
स्थिति तनावग्रस्त बनेपछि प्रहरीले आश्रुग्यास प्रहार गरेको हो।
आश्रुग्यास प्रहार गर्दै प्रहरीले लाठीचार्ज पनि गरेको छ। धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले स्थिति नियन्त्रणमा लिन एकसेल आश्रुग्यास प्रहार गरेको बताए।
उनले भने, ‘एक पक्षले यादव चोक हुनुपर्छ भन्छन्। अर्को पक्षले यादव चोक स्वीकार नगर्ने भन्छन्। चोकको विषयमा दुई पक्षबीच झडप भएको छ।’
भठिहनका स्थानीय बासिन्दाले ‘यादव चोक’को नाममा आपत्ति जनाउँदै बोर्ड उखालेर प्रहरीको जिम्मा लगाएका थिए। स्थितिलाई नियन्त्रणमा लिने अश्रुग्यासका साथै लाठीचार्ज पनि गरेको थियो। अहिले अवस्था सामान्य भएको प्रहरी दाबी छ।
केलुवामोरका बासिन्दाले भठिहनमा ‘यादव चोक’ नामकरण गरेको थियो। ‘यादव चोक’ को बोर्ड समेत सडकमा राखेपछि विवाद चुलिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।