मोरङ– मोरङको बुढिगंगा गाउँपालिका–३ स्थित कोशी राजमार्गमा शनिबार राति एम्बुलेन्स दुर्घटना हुँदा त्यसका चालकको मृत्यु भएको छ । एम्बुलेन्स चालक २४ वर्षीय आशिष राईको मृत्यु भएको कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
बूढीगंगा गाउँपालिका–३ मा रहेको महालक्ष्मी वायर अगाडि मनमाया श्रेष्ठ स्मृति प्रतिष्ठान मोरङको को १ च ४७७४ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको हो ।
एम्बुलेन्स चालक राई उदयपुरका बासिन्दा हुन् । दुर्घटनामा परेर गम्भीर घाइते उनको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।