काठमाडौं–युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजको लिग चरणको अन्तिम खेलमा नेपालविरुद्ध हङकङले बलियो लक्ष्य प्रस्तुत गरेको छ।
लिग चरणको अन्तिम खेलमा हङकङले नेपाललाई १ सय ५ रनको बलियो लक्ष्य दिएको हो।
युगाण्डामा टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४ रनको योगफल तयार गरेको हो।
हङकङका लागि साञ्जिन शाहजादले सर्वाधिक ५४ रन जोडिन्। उनले ४७ बलको सामना गर्दै ५ चौका र १ छक्का प्रहार गरेकी थिइन्। चाङ का योगं १६ तथा यासमिन दासवानी १४ रनमा आउट भईन्।
नेपालका लागि राजमती ऐरीले ३, कप्तान इन्दु बर्माले २ तथा पुजा महतो र इश्वरी विष्टले समान १ विकेट लिए। नेपालले सिरिजमा ५ खेल खेल्दा ४ मा हार बेहोरेको छ।
जारी प्रतियोगितामा पाँच खेल खेलेको नेपालले एकमा मात्रै जित निकालेको छ।त्यसैले फाइनल खेल्ने सम्भावना समाप्त भइसकेको छ।
यसअघि नेपाल नामिबियासँग ६ विकेट र २३ रनले पराजित भएको थियो भने हङकङसँग दुई रनले पराजित भएको थियो। त्यसैगरी नेपाललले युगान्डालाई पहिलो खेलमा एक विकेटले हराएको थियो भने अर्को खेलमा ४१ रनले पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।