काठमाडौं–युगान्डामा जारी महिला टी–२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज हङकङविरुद्धको खेलमा नेपालले टस हारेर पहिले बलिङ गर्ने भएको छ।
युगान्डाको इन्टेबे क्रिकेट मैदानमा हङकङकी कप्तानले टस जितेर नेपाललाई बलिङको निम्तो दिएकी हुन्।
जारी प्रतियोगितामा पाँच खेल खेलेको नेपालले एकमा मात्रै जित निकालेको छ।त्यसैले फाइनल खेल्ने सम्भावना समाप्त भइसकेको छ।
यसअघि नेपाल नामिबियासँग ६ विकेट र २३ रनले पराजित भएको थियो भने हङकङसँग दुई रनले पराजित भएको थियो। त्यसैगरी नेपाललले युगान्डालाई पहिलो खेलमा एक विकेटले हराएको थियो भने अर्को खेलमा ४१ रनले पराजित भएको थियो।
अब नेपालले तेस्रो स्थानका लागि खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।