काठमाडौँ – लिभरपुललाई हराउँदै पिएसजी युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराती सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा पिएसजीसँग पेनाल्टी सुटआउटमा पराजित हुदा लिभरपुल च्याम्पियन्स लिगबाट नै बाहिरिएको छ ।
यस दोस्रो लिगमा पिएसजीले १–० को जित हासिल गरेपछि पहिलो लिगमा लिभरपुलको १–० को अग्रताको आधारमा समग्रमा १–१ को बराबरी भएको थियो । पिएसजीका लागि खेलको १२औं मिनेटमा ओसुमान डेम्बेले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
९० मिनेटसम्मको खेलमा दुवैको समग्र गोल १–१ भएपछि यो खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो । थप समयमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा लिभरपुलका कर्टिस जोन्स र डर्विन नुनेजले पेनाल्टी मिस गरेपछि पिएसजी ४–१ ले विजयी हुदै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।