काठमाडौं– हङकङले वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाललाई १०१ रनको लक्ष्य दिएको छ।
यस अघि टस हारेर पहिला ब्याटिङ थालेको हङकङले निर्धरित २० ओभरमा सात विकेट गुमाउँदै १०० रन बनाएको हो।
नेपाल लगातार दोस्रो जितको खोजी छ। पहिलो खेलमा नामिबियासँग ६ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा घरेलु टोली युगान्डामाथि एक विकेटको रोमाञ्चक जित निकालेको थियो।
हङकङ पनि लगातार दोस्रो जितको खोजीमा छ। पहिलो खेलमा हङकङ युगान्डासँग आठ विकेटले पराजित भएको थियो। अर्को खेलमा भने हङकङले नामिबियालाई चार विकेटको जित निकाल्यो।
नेपाल २ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । समान अंक रहेपनि रनरेटमा पछि रहेकोले हङकङ चौथो स्थानमा छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।