काठमाडौँ – काठमाडौंको टेकुमा ढलमा खसेका एक युवकको उद्धार गरेको छ । आइतबार बिहान पौने ७ बजेतिर ढलमा खसेका सिन्धुपाल्चोक साँगाचोकगढी–१० का रामशरण ढुंगानालाई प्रहरीले सकुशल उद्धार गरेको हो ।
प्रहरी वृत्त कालिमाटीका डीएसपी रुपेश खड्काका अनुसार खसेको २० मिनेटमा उनको उद्धार भएको थियो । उद्धारका लागि प्रहरीको विपद् व्यवस्थापन महाशाखा सामाखुसीको टोलीसमेत परिचालन भएको डीएसपी खड्काले जानकारी दिए । उद्धार गरेर ढुंगानालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ । उनको अवस्था सामान्य रहेको बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।