काठमाडौं– पोखराबाट काठमाडौं फर्किने तयारीमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्ने तयारी भएपछि त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्थापनमा कडाइ गरिएको छ । अहिले हजारौँ मानिसहरु विमानस्थल बाहिर जम्मा भएका छन् ।
पछिल्लो केही समयदेखि पोखरामा बसेर गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरिरहेका पूर्वराजा ज्ञानेन्द्र आज अपराह्न काठमाडौं आउन लागेका हुन् । यस अवसरमा राजावादी दलहरूले राजाको पक्षमा शक्ति प्रदर्शन गर्न लागेका छन् । विमानस्थलमा हवाई टिकट भएका यात्रु र स्टाफबाहेक अरूलाई एयरपोर्ट भित्र छिर्ने निषेध गरिएको छ । भने अन्य व्याक्तिहरुलाई प्रवेशमा पूर्ण रुपमा रोक लगाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।