काठमाडौं–युगाण्डामा सुरु भएको चार देश सम्मिलित वुमन्स डे कपमा आज दोस्रो दिनका खेलहरू हुँदैछन्।
आजको पहिलो खेलमा घरेलु टोली युगाण्डा र नेपालबीच खेल हुँदैछ। दोस्रो खेलमा हङकङ र नामिबिया खेल्ने छन्। नेपालको खेल दिउँसो पौने १ बजेदेखि सुरु हुनेछ।
शनिबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो। युगाण्डाले भने शनिबार हङकङलाई हराएको थियो।
आईसीसीको महिला टी-२०आई वरियतामा नेपाल २१औं, हङकङ २२औं, युगाण्डा १८औं र नामिबिया १७औं स्थानमा छन्।
नेपालले यसपछि भोलि फागुन २६ मा हङकङसँग खेल्ने छ। त्यस्तै फागुन २८ मा नामिबियासँग, २९ मा युगाण्डासँग र ३० मा हङकङसँग खेल्ने छ।
यी सबै खेलहरू सकिएपछि चारमध्ये शीर्ष २ मा हुने टोलीले फाइनल खेल्ने छन् भने बाँकी दुई टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन्।
नेपालको टोली :
इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, पुजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, सना प्रवीन, रोमा थापा, राजमती ऐरी, रचना चौधरी र ईश्वरी विष्ट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।