काठमाडौं – युगान्डामा आजबाट सुरु भएको चारदेशिय महिला टि ट्वान्टी आई सिरिजमा नामिबियाविरुद्ध नेपालले टस जितेर ब्याटिङ रोजेको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा नामिबियाविरुद्ध नेपालकी कप्तान इन्दु बर्माले टस जितेर ब्याटिङ रोजेकी हुन् । नेपाल र नामिबियाको महिला क्रिकेट टोलीबिच हुन लागेको यो पहिलो खेल हो ।
सिरिजमा घरेलु टोली युगान्डा, नेपाल, नामिबिया र हङकङको सहभागिता छ । सिरिजमा सबै टोलीले एकअर्कासँग दुई खेल खेल्नेछन् ।
लिग चरणको खेलपछि शीर्ष २ मा रहने टोलीबीच फाइनल हुनेछ । नेपाली टोली आफुले खेलेका पछिल्ला ५ खेलमा नै पराजित भएको छ । नामिबियाले भने पछिल्ला ५ मध्ये ४ खेलमा जित हासिल गरेको छ । नेपालको लागि १ खेलाडीले यस खेलमा डेब्यु गरेकी छिन् । रिया शर्माले यस खेलबाट नेपालका लागि डेब्यु गरिन् ।
यस्तो छ नेपालको प्लेईङः ११
इन्दु बर्मा (कप्तान), अलिशाकुमारी यादव, ईश्वरी विष्ट, कविता जोशी, पूजा महतो, रचनाकुमारी चौधरी, राजमती ऐरी, रिया शर्मा, रोमा थापा, रुबिना क्षेत्री, सम्झनाकुमारी खड्का
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।