जनकपुरधाम – प्रधानमन्त्री कपका लागि मधेस प्रदेश क्रिकेट टिमले अनिल कुमार साहको कप्तानीमा १५ सदस्यीय स्क्वाडको घोषणा गरेको छ ।
मधेस टिममा कप्तान साहसहित टिममा पवन श्राफ, मयन यादव, कमल गुप्ता, निखिल सिंह, रंजित कुमार, राजेश यादव, विशाल पटेल, रोहन विक, प्रदीप पासवान, रुपेश सिंह, दिपेश दास, हरिशंकर साह, शैलेन्द्र साह र शन्नी साह रहेका छन् ।
चोटका कारण टिमभन्दा बाहिर रहेका अनिल कुमार साह र पवन श्राफ टिममा पर्केका हुन् । हालै मधेस प्रदेशमा सम्पन्न जय ट्रफी एलिट कपमा दुबैजना टिमभन्दा बाहिर रहेका थिए ।
यस्तै पप्पु यादव, अकिब अन्सारी, अखिलेश ठाकुर र मोहन घिमिरेलाई रिजर्भ प्लेयरको रुपमा राखिएको छ । आइतबारदेखि सुरु हुन लागेको प्रधानमन्त्री कप अन्तर्गत मधेस प्रदेश टिमले आफ्नो पहिलो खेल मंगलबार कोशी प्रदेशसँग खेल्ने तालिका रहेको छ । मधेस टिमले त्यसपछि क्रमशः बिहीबार एपीएफसँग, शनिबार नेपाल प्रहरी क्लबसँग, चैत ४ गते लुम्बिनी प्रदेशसँग, ६ गते आर्मी क्लबसँग, ८ गते कर्णाली प्रदेशसँग, ११ गते गण्डकी प्रदेशसँग, १२ गते सुदूरपश्चिम प्रदेशसँग र १४ गते वाग्मती प्रदेशसँग खेल्ने तालिका रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।