काठमाडौं– प्रहरी हुँ भन्दै ठगी गर्ने एक जना व्यक्ति पक्राउ परेका छन्।
रौतहट गरुडा नगरपालिका-८ बिर्ता चोकका ४४ वर्षीय शेख सदरे आलमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
आलमले घुमुवा प्रहरी हुँ भन्दै स्थानीय किसानहरूबाट रकम असुल्ने गरेका थिए। आलममाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।