काठमाडौं –आइसिसी च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा भारतसँग पराजित भएपछि अस्ट्रेलियाको कप्तानको भूमिकामा रहेका स्टिभन स्मिथले एकदिवसीय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । उनले टेस्ट र टी–२० का खेलहरु भने खेल्नेछन् ।
३५ वर्षीय स्मिथले भारतसँगको हारपछि तुरुन्तै आफ्ना साथीहरूलाई संन्यास लिने कुरा जानकारी गराएका थिए । उनी प्याट कमिन्सको अनुपस्थितिमा च्याम्पियन्स ट्रफीमा कप्तानको भूमिकामा थिए । अब उनी २०२७ को विश्वकपको लागि अस्ट्रेलियाको टोलीको हिस्सा हुनेछैनन् । स्मिथ अस्ट्रेलियाका लागि सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा १२ औं स्थानमा छन् । उनले १२ एकदिवसीय शतक प्रहार गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।