काठमाडौं –च्याम्पियन्स ट्रफी सेमिफाइनलमा अष्ट्रेलियाले भारतविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ । भारतीय कप्तान रोहित शर्मा एक दिवसीय क्रिकेटमा लगातार १४औं पटक टसमा पराजित भएका छन् । दुबई अन्तर्राष्ट्रिय स्टेडियममा अष्ट्रेलियाका कप्तान स्टिभ स्मिथले टसपछि भने, ‘हामी ब्याटिङ गर्छौं । पिच निकै सुख्खा देखिन्छ । भारत उत्कृष्ट टोली हो ।’ भारतीय कप्तान रोहित शर्माले भने, ‘म ब्याटिङ र बलिङ दुवैका लागि तयार थिएँ । जब द्विविधा हुन्छ, टस हार्नु नै राम्रो मानिन्छ ।’
अष्ट्रेलियन टोली दुई परिवर्तनसहित मैदानमा उत्रिएको छ । मैथ्यू शर्टको स्थानमा कुपर कोनोली र स्पेन्सर जोनसनको स्थानमा तनवीर संघालाई मौका दिइएको छ। भारतीय टोली भने अघिल्लो खेलको प्लेइङ–११ मै खेल्नेछ । दुवै टोली पहिलो पटक यस मैदानमा आमनेसामने भएका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।