काठमाडौँ –आइसिसी च्याम्पियन्स ट्रफीमा आज पाकिस्तान र बंगलादेशबीच प्रतिस्पर्धा गर्दैछन् । खेल रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार अपराह्न २ः४५ बजे सुरु हुनेछ । समूह एमा रहेका दुवै टोली यसअघि भारत र न्युजिल्याण्डसँग पराजित भएपछि लिग चरणबाटै बाहिरिएका हुन् । भारत र न्युजिल्याण्ड भने लगातार जित निकाल्दै सेमिफाइनलमा पुगेका छन् । आइतबार हुने भारत र न्युजिल्यान्डबीचको खेलले समूहको विजेता र उपविजेता टुंगो लगाउनेछ ।
च्याम्पियन्स ट्रफीको इतिहासमा पाकिस्तान र बंगलादेश पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन् । आयोजक पाकिस्तान प्रतियोगितामा सुखद् अन्त्यको योजनामा रहँदा बंगलादेश पनि सान्त्वना जितको खोजीमा हुनेछ । यद्यपि रावलपिण्डीमा मौसम सफा नहुने पूर्वानुमानले यी दुईबीचको खेल प्रभावित हुने सम्भावना पनि छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।