• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्य

कास्की संघले जित्यो ‘जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता–२०८१’ को उपाधी

64x64
नेपाल लाइभ आइतबार, फागुन ११, २०८१  १७:३७
1140x725

पोखरा –कास्की जिल्ला जुडो संघको आयोजनामा भएको ‘जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता–२०८१’ भव्य रुपमा सम्पन्न भएको छ । “राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद” भन्ने मूल नाराका साथ शुक्रबार र शनिबार पोखरा रंगशालाको कभड हलमा सम्पन्न भएको हो । 
कार्यक्रममा गण्डकी प्रदेश सांसद नन्द प्रसाद न्यौपानेले कुनैपनि व्यक्तिलाई खेलकुदले मर्यादाता, अनुशासन र समुहमा मिलेर काम गर्ने सक्ने बानिको विकास गर्ने बताए । खेलाडीहरु भनेको राष्ट्रको गहना भएको र विभिन्न खेलका माध्यमबाट खेलाडीहरुले राष्ट्रको प्रतिनिधित्व गरि विश्वसामु नेपाललाई चिनाउन खेलकुदको भूमिका महत्वपूर्ण भएको बताए । 

प्रमुख अतिथि न्यौपानेले जुडो वास्तवमा निकै अनुशासित र उत्कृष्ट खेल भएको तर यस खेलको विकासका लागि यस खेलसँग सम्बन्धीत निकाय र सरकारको त्यति ध्यान जान नसकेकोले सबैको ध्यान केन्द्रित गर्नको लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 
पोखरा रंगशाला स्थित मल्टिपल कर्भड हलमा दुई दिनसम्म सञ्चालन भएको सो प्रतियोगितामा कास्की, गार्खा, नवलपुर, मोरङ, बिराटनगर र  सुनसरी गरि ६ वटा टिमबाट पुरुषतर्फ १० र महिलातर्फ ८ गरि १८ वटा तौल समुहमा प्रतियोगिता सञ्चालन भएको थियो । 

प्रतियोगितामा पुरुषतर्फ –२५, –३०, –३५, –४०, –४५, –५०, ५५, ६०, –६६ र +७३ केजी गरी १० तौल समुहमा प्रतिस्पर्धा भएको थियो । यस्तै महिलातर्फ –२८, –३२, –३८, –४४, –४८, ५२ र +५७ केजी गरी ७ तौल समुहमा प्रतिस्पर्धा भएको थियो । 

उक्त प्रतियोगितामा पुरुषतर्फ –२५ केजी तौल समुह अन्तर्गत मोरङका निखिल शाहीले स्वर्ण पदक, विराटनगरका निर्भिक प्रताप रानाले रजत पदक र कास्कीका महिष विक र नवलपुरका सोनम विकले कास्य पदक जितेका थिए ।

–३० केजी तौल समुहतर्फ कास्कीका निशान नेपाली र मञ्जित परियारले स्वर्ण र रजत र गार्खाका सुनिल लिम्बूले कास्य पदक प्राप्त गर्न सफल भए । –३५ केजी तौल समुहमा मोरङका विज्ञान अधिकारी स्वर्ण, गार्खाका अमोद कुमार रजत र कास्कीका शिरीष पुनले कास्य पदक हात पारे । 

पुरुषतर्फको नै –४० केजी तौलमा विराटनगरका सुजन राजवंशी स्वर्ण र मोरङका सोनम कुमार देओले रजत पदक जिते । –४५ केजीमा संजोक परियार कास्कीबाट स्वर्ण, प्रसात राई सुनसरीबाट रजत र गार्खाका शिव मरासोरनीले कास्य पदक प्राप्त गरे । कास्कीका आदित्य गुप्ता, विराटनगरबाट सरोज राजवंशी, कास्कीका तितस खड्का र स्यामुयल लिम्बूले –५० केजीमा क्रमश स्वर्ण, रजत र कास्य पदक प्राप्त गरे । 

–५५ केजी तौलमा कास्कीका आयुष महतो, नवलपुरका देभिस गुरुङ, मोरङका हिमान्सु कुमार पाल र विराटनगरका लक्की राजवंशीले क्रमश स्वर्ण, रजत र कास्य पदक हासिल गरे ।  यस्तै पुरुष तौल समूह अन्तर्गत नै –६० केजीमा गार्खाका दिपेश गुरुङ, कास्कीका मनिष परियार र बिराटनगरका अनुज रावंशीले स्वर्ण, रजत र कास्य पदक प्राप्त गरेका छन् ।

 –६६ केजीमा आशिष तामाङले कास्कीका लागि स्वर्ण, गोर्खाका मनोज तामाङले रजत, बिराटनगरका आरुस पाखरेल र नवलपुरका सन्दिप परियारले कास्य पदक पाउन सफल भए । पुरुषतर्फ नै अन्तिम तौलसमुह अन्र्तगत +७३ केजीमा कास्कीका विज्ञान टि खत्री, विराटनगरका रोशन राजवंशी र सुनसरीका अक्लिस शाही ठकुरीले क्रमश स्वर्ण, रजत र कास्य पदक प्राप्त गरे ।

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै महिला तौल समुह अन्र्तगत ७ वटा विधामा भएको प्रतियोगितामा –२८ केजीमा कास्कीकी निशा नेपाली, मोरङकी रिया शाह र गोर्खाकी कृति वि.क.ले क्रमश स्वर्ण, रजत र कास्य पदक प्राप्त गरे । –३२ केजीमा मोरङकी संस्कृति अर्घहरीले स्वर्ण, कास्कीकी बिषु मगरले रजत, कास्कीकै जमुना श्रेष्ठले र गोर्खाकी सुरक्षा परियारले कास्य पदक हासिल गरे । 

यस्तै –३८ केजीमा कास्कीकै आश्मा गुरुङ र गंगा श्रेष्ठले स्वर्ण र रजत पदक प्राप्त गरे । महिलातर्फको नै अर्को तौलसमुह अन्र्तगत –४४ केजीमा कास्कीकी मनमाया तामाङ, गोर्खाकी प्रतिका नेपाली, सुनसरीकी प्रासन्ना राई र नवलपुरकी मेघ्मा गुरुङले क्रमश स्वर्ण, रजत र कास्य पदक जिते । 
कास्कीका दुई खेलाडी कमला तामाङ र अनिता परियारले क्रमश –४८ केजीमा स्वर्ण र रजत प्राप्त गरे । –५२ केजीको विधामा बिराटनगरकी यशिका खड्का र सुनसरीकी सुप्रिया राईले स्वर्ण र रजत हासिल गर्न सफल भए । 

यसै प्रतियोगिता अन्र्तगत –५७ केजी तौल समुहमा कास्कीकी मिक्सा लिम्बु, गोर्खाकी मनिषा तामाङ, सुनसरीकी दिपसिका आचाजु र समिक्षा धमेलले क्रमश स्वर्ण, रजत र कास्य पदक प्राप्त गरे । यस्तै ११ वटा स्वर्ण, ४ रजत र ३ कास्य गरी १८ वटा पदकसहित कास्की जिल्ला टिम च्याम्पियन बनेको छ । मोरङले ३ स्वर्ण, २ रजत र १ कास्य गरी ६ वटा पदकसहित दोस्रो हुन सफल भएको छ । त्यसैगरी २ स्वर्ण, ४ रजत र २ कास्य गरी विराटनगर तेस्रो भएको छ । 

यस्तै पुरुषतर्फको प्रतियोगितामा बेस्ट प्लेयरको उपाधी कास्कीका आयुष महतोले जितेका छन् भने महिलातर्फ मोरङकी संस्कृति अर्घहरीले उपाधी चुमेकी छन् । सो कार्यक्रममा विगत १६ वर्षदेखि निरन्तर रुपमा जुडो खेलको विकासका निम्ति लागि परेका स्वयम सेवक प्रशिक्षक रबि चौधरीलाई आयोजक संस्था कास्की जिल्ला जुडो संघले सम्मान समेत गरेका छ । 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कार्यक्रममा संघका उपाध्यक्ष सन्त बहादुर लामिछानेले आर्थिक अभावका वावजुत पनि यस जुडो खेल र खेलाडीको समग्र विकासका निम्ति प्रतियोगिता आयोजना गरेको बताए । उनले केही समय हुन नसकेको खेलकुदको गतिविधिलाई चलायमान बनाउन पनि आफुहरुको नयाँ आएको टिमले छोटो समयमा नै विभिन्न कठिनाइहरुको सामना गर्दै प्रतियोगिताको आयोजना गरेको बताए । 

खेलकुद क्षेत्रसँग सम्बन्धीत निकायहरुबाट सोचे अनुरुपकोसहयोग प्राप्त नभएपनि संघभित्र कै पदाधिकारीहरुबाट र केही सहयोगी दाताहरुको हातेमालोमा प्रतियोगितालाई सफलतापूर्व सञ्चालन गरेको जनाए । 

संघका अध्यक्ष पद्य बहादुर छन्त्यालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जुडो महासंघका महासचिव प्रकाश पाण्डे, गण्डकी प्रदेशका महासचिव निरज पन्त आइजेएफ रेफ्रि पृथ्वी आलोक लगायतको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १७:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित
राष्ट्रपतिबाट दुई अध्यादेश जारी
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित
सम्बन्धित सामग्री
बैंकक विमानस्थलमा ४० घण्टा अलपत्र परेको कबड्डी टोली नेपाल आइपुग्यो टोलीको नेपाल फर्किने उडान २८ तारिख दिउँसो १२ बजेका लागि तय गरिएको थियो। तर, उडानमा ढिलाइ भएपछि जापानबाट थाइल्यान्ड पुगेको टोलीले बैं... बुधबार, असोज १४, २०८३
२०औं एसियाली खेलकुद : गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा गर्दै गल्फको पुरुषतर्फ सुवास तामाङ र राहुल विश्वकर्माले व्यक्तिगत स्ट्रोक प्ले तथा टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने तालिका छ। यस्तै, महिला... बुधबार, असोज १४, २०८३
कबड्डीमा श्रीलंकालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा बिहीबार तोकाइ जिम्न्यासियममा भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ३४–२५ ले हराउँदै नेपाली टोलीले अन्तिम चारमा स्थान पक्का गरेको... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्