काठमाडौँ –आइसीसी च्याम्पियन्स ट्रफि (२०२५) मा आज भारत र पाकिस्तान भिड्दै छन् । दुई देश बिचको बहुप्रतिक्षित खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा दिउँसो २ः४५ मा सुरु हुँदैछ ।
पहिलो खेलमा भारतले बंगलादेशलाई हराएको थियो भने पाकिस्तान न्युजिल्यान्डसँग हारेको थियो । आज पाकिस्तान पराजित भएको खण्डमा प्रतियोगिताबाट बाहिरिने लगभग निश्चित हुने छ ।
२०१७ को च्याम्पियन्स ट्रफिमा भारत र पाकिस्तान २ पटक प्रतिस्पर्धा गरेका थिए । जसमा समूहचरणमा भारतले जितेको थियो । तर फाइनलमा भारतलाई हराएर पाकिस्तान च्याम्पियन बनेको थियो ।
यी दुई टिम आइसीसी इभेन्टमा मात्र एकअर्का विरुद्ध भिड्दै आएका छन् । भारत र पाकिस्तान बिच अहले सम्म कुल १ सय ३५ एकदिवसीय खेल भएका छन् ।
जसमा पाकिस्तानले ७३ खेलमा जित निकालेको छ । भारतले भने ५७ खेल जितेको छ । ५ खेल नतिजा विहीन भएका छन् । च्याम्पियन ट्रफिमा दुबै टिमबिच ५ पटक प्रतिस्पर्धा भएको छ । जसमा पाकिस्तानले ३ र भारतले २ पटक जित हासिल गरेका छन् । भारत र पाकिस्तानको खेललाई संसारभरकै रोचक र विशेष प्रतिस्पर्धाको रुपमा हेरिने गरिन्छ । यी दुई देश बिचको खेल हेर्न जानको लागि टिकट खुलाएको केहि समयमै सोल्डआउट भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।