काठमाडौँ – पाकिस्तान र दुवईमा जारी च्याम्पियन्स ट्रफी क्रिकेटमा भारतले विजयी सुरुवात गरेको छ । बिहीबार भएको दिवा रात्रि खेलमा भारतले बङ्गलादेशलाई ६ विकेटले हराउँदै प्रतियोगितामा आफ्नो विजयी यात्रा अघि बढाएको हो ।
बङ्गलादेशले दिएको २२९ रनको लक्ष्य पछ्याएको भारतले ४६.३ ओभरमा ४ विकेटको क्षतिमा २३१ रनको योगफल खडा गरेको हो । भारतका लागि उपकप्तान शुभमन गिलले १०१ न जोडे । कप्तान रोहित शर्मा र केएल राहुलले समान ४१/४१ रन जोडे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले २ बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाउँदै २२८ रनको योगफल खडा गरेको थियो । खराब सुरुवात गरेको बङ्गलादेशका लागि तोहिद ह्दोयले १०० रन प्रहार गरे । खराब सुरुवात गरेको बङ्गलादेशले ३५ रनमा नै ५ विकेट गुमाएका थियो । ह्दोय र जाकर अलीले छैटौँ विकेटका लागि १५४ रनको साझेदारी गरे । अलीले ६८ रन जोडे ।
भारतका मोहम्मद सामीले १० ओभरमा ५३ रन खर्चेर ५ विकेट लिए । हर्षित रानाले ७.४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए । अक्षर पटेलले ९ ओभरमा ४३ रन खर्चेर २ विकेट लिएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।