कराँची, पाकिस्तान – च्याम्पियन्स ट्रफी क्रिकेट अन्तर्गतको पहिलो खेलमा आयोजक पाकिस्तानलाई न्युजिल्यान्डले ६० रनले हराएउँदै प्रतियोगितामा सानदार सुरुवात गरेको छ । ३२१ रनको लक्ष्य पाएको पाकिस्तान ४७.२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २६० रनमा सीमित भएको हो ।
पाकिस्तानका कुसदिल साहले विस्फोटक ब्याटिङ गर्दै ४९ बलमा ६९ रन जोडे । उनले १० चौका र १ छक्का प्रहार गरे । यसैगरी बाबर आजमले ६४ रनको योगदान गरे पनि अन्य खेलाडीले राम्रो रन जोड्न सकेनन् । न्युजिल्यान्डका विल ओ रोरुकले ९ ओभरमा ४७ रन खर्चेर ३ विकेट लिए । यसैगरी माइकल सान्टनरले १० ओभरमा ६६ रन खर्चेर समान ३ विकेट हात पारे । म्याट हेन्रीले ७.२ ओभरमा २५ रन खर्चेर महत्त्वपूर्ण २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ५ विकेटको क्षतिमा ३२० रन जोडेको हो । उसका लागि पाकिस्तानविरुद्ध दुई ब्याट्सम्यानले शतक प्रहार गरे । न्युजिल्यान्डका विल योङले १०७ तथा टम लाथमले अविजित ११८ रन जोडे । विस्फोटक ब्याटिङ गरेका ग्लेन फिलिप्सले ३९ बलमा ६१ रन जोडे । पाकिस्तानका लागि नसिम शाह र ह्यारीस रफले २÷२ तथा अब्कर अहमतले एक विकेट लिएका थिए । नेश्नल बंैक स्टेडियम कराँचीमा प्रतियोगिताको भव्य रुपमा उद्घाटन गरिएको छ । प्रतियोगिता अन्तर्गत भारतले आफ्नो सम्पूर्ण खेलहरु दुवईमा खेल्नेछ भने अन्य देशले पाकिस्तानका विभिन्न शहरमा रहेका स्टेडियममा खेल्ने कार्यक्रम रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।