काठमाडौं –च्याम्पियन्स ट्रफी आजदेखि पाकिस्तानमा शुरू हुँदैछ । खेल नेपाली समयानुसार दिउँसो ३ बजे शुरू हुनेछ । पहिलो खेलमा पाकिस्तान र न्युजिल्यान्ड खेल्नेछन् । १९ दिनसम्म चल्ने प्रतियोगितामा विश्वका उत्कृष्ट आठ वटा टोलीको सहभागिता रहेको छ ।
प्रतियोगितामा १५ वटा खेल हुनेछन् । भारतका खेल भने दुबईमा हुनेछ । च्याम्पियन्स ट्रफीको फाइनल खेल मार्च ९ मा हुनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।