काठमाडौं - नेपाली बजारमा शुक्रबार (आज) सुनको मूल्य चार सय रुपैयाँले बढेको छ । नेपाली सुनसाँची व्यवसायी महासंघका अनुसार बिहीबार २३ सय रुपैयाँले बढेको सुन आज ४०० रुपैयाँले बढेको हो । आज प्रतितोला एक लाख ७० हजार २०० सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार सुन प्रतितोला एक लाख ६९ हजार आठ सय रुपैयाँ निर्धारण गरिएको थियो । चाँदी आज एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी बिहीबार एक हजार नौ सय ६५ रुपैयाँ निर्धारण गरिएको थियो । आज पाँच रुपैयाँले बढेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।