काठमाडौ – स्याङजाको कालीगण्डकी गाउँपालिका कार्यसम्पादनको मुल्यांकनको आधारमा गण्डकी प्रदेशमा पहिलो र देशभरिमै उत्कृष्ट चौथो हुन सफल भएको छ । कालिगण्डी सहित स्याङजाका ३ गाउँपालिका गण्डकी प्रदेशकै उत्कृष्ट भएका छन् । कालीगण्डकी गाउँपालिका, आँधीखोला गाउँपालिका र फेदीखोला गाउँपालिका क्रमशः पहिलो, दोश्रो र तेश्रो बन्न सफल भएका छन ।
जिल्लाको ११ स्थानीय तह रहेको जिल्लाको ३ वटा गाउँपालिका गण्डकी प्रदेशका ८५ स्थानीय तह मध्येबाट प्रथम, द्धितिय र तृतिय भएका हुन् । राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्त आयोगले गरेको कार्य सम्पादन कार्यविधि २०७८ दफा ८ को अधिनमा रही कार्य सम्पादनको आधारमा मूल्यांकन गरी अंक प्रदान गर्दा यहाँको कालीगण्डकी गाउँपालिका ७८.२ प्रतिशत अंक सहित गण्डकी प्रदेशकै प्रथम, आँधीखोला गाउँपालिका ७८ प्रतिशत अंक प्राप्त गर्दै द्धितिय र फेदिखोला गाउँपालिका ७७.९ अंक प्राप्त गर्दै तृतिय भएका हुन् ।
कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाको यो दोश्रो कार्यकाल हो । पहिलो र दोस्रो दुवै कार्यकालमा अध्यक्ष थापाले गाउपालिकामा गरेका कामको निकै चर्चा हुँदै आएको छ । कार्यसम्पादनको आधारमा देशैभरको उत्कृष्ण गाउँपालिकाको रुपमा अघि आउँदा आफुलाई थप उत्साह मिलेको अध्यक्ष थापाले बताए ।
स्याङ्जामा ५ नगरपालिका र ६ गाउँपालिका रहेका छन । जसमा नगरपालिका मध्ये वालिङले ७३.७ अंक प्राप्त गरेको छ भने भीरकोटले ६५.७, पुतलीबजारले ७१.७ गल्याङले ६६.१ र चापाकोटले ६२.६ अंक प्राप्त गरेको छ । त्यस्तै गाउँपालिकातर्फ विरुवाले ७४.३, हरिनासले ५४.२, अर्जुनचौपारीले ६४.९ अंक प्राप्त गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।