काठमाडौँ – नेपाली बजारमा बिहीबार सुनको मूल्य २ हजार ३ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख ६९ हजार ८०० रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर १ हजार ९६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । चाँदीको मूल्य आज ३५ रुपैयाँले बढेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।